काठमाडौं – शनिवार साँझ समाजवादी मोर्चाको बैठक सकियलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल फायर भएका छन् ।
शनिबार साँझ मुख्यमन्त्री जम्मकट्टेलले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको विकास देखेर नेकपा एमाले अताल्लिएको टिप्पणी गर्दै फायर भएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जम्मकट्टेलले, प्रधानमन्त्री प्रचण्डले गरेका विकासको काम एमालेले हेर्न नसकेर अनेकन आरोप लगाएको टिप्पणी गरे। जम्मकट्टेलले यस्तो टिप्पणी गर्दा समाजवादी मोर्चाको भर्खरै बैठक सकियको थियो ।
जम्मकट्टेलले प्रतिनिधीसभा र प्रदेशसभाहरूमा एमाले प्रतिपक्षमा भएपनी रबाफ सत्तापक्ष को जस्तो देखाउन खोजेको आरोप लगाएका छन्।‘प्रतिनिसभा र प्रदेशसभामा अभिव्यक्ति र उछृखंलता हेर्दा एमाले यति धेरै विक्षिप्त देखिन्छ कि आक्रोश, प्रतिशोध र कुण्ठाले जलिरहेको देखिन्छ,’ मुख्यमन्त्रीले लेखेका छन्।
एमालेले सरकारको विरोध गर्ने नाममा सम्पूर्ण प्रणाली नै खत्तम पाने काम गरिरहेको दाबी गरेका छन्। ‘पशुपतिको जलहरी प्रकरणमा केपी ओलीको नाम लिन नहुने संसदको रेकर्डबाट हटाउनु पर्ने भन्दा निरंकुश चरित्र अरू केही हुन्छ। बहुमतको प्रधानमन्त्रीलाई सकेसम्म संसदमा बोल्नै नदिन, बोल्न सुरु गरेपछि होहल्ला गर्ने, प्रधानमन्त्रीले बोलुन्जेल कुरा सुन्ने धैर्यता गर्न नसक्ने,’ उनले भनेका छन्, ‘ बजेट पास गर्दा अहिलेसम्म नभएको मत बिभाजनको प्रकृया अपनाउने। तिललाई पाहाड बनाउने र बितन्डता मच्चाउने काम एमाले गरिरहेको छ।’
उनले एमालेले यसरी विरोध गर्नुको प्रमुख कारण भनेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रो कामबाट एमाले धेरै अत्तालिएको उल्लेख गरेका छन्। ‘सरकारले सुरु गरेको भ्रष्टाचार विरूद्धको अभियानबाट सबै भन्दा धेरै एमाले आत्तिएको छ,’ उनले लेखेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको बेला एमालेका नेता र उसका नजिकका मान्छे जोगाउन दौडधुप गरेको समेत मुख्यमन्त्री जम्मकट्टेलको आरोप छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar