काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उनले भने, ‘म फेरि संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु, सके म प्रधानमन्त्री बन्छु नसके मेरो पुस्ताको कसैलाई प्रधानमन्त्री बनाउँछु ।’ उनले कांग्रेसलाई बदल्नका लागि आफू लागेको स्पष्ट पारे । ‘हामी कांग्रेसमा छौँ, कांग्रेसलाई बदल्नका लागि लाग्नुपर्छ, कांग्रेस बदल्नका लागि मैले संसदीय दलको नेतामा उम्मेदवारी दिएको हुँ’, उनले भने ।
कांग्रेस नेता प्रदीप पौडेलले अहिलेकै अवस्था रहने हो भने आगामी निर्वाचन कांग्रेसले जित्न नसक्ने दाबी गरे । उनले सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रहसमेत गरे । उनले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे । नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्नेमा जोड दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar