२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं – समाजवादी मोर्चाको प्रथम बैठक सम्पन्न भएको छ ।
शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले तिनवटा निर्णय गरेको उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार मोर्चाको अध्यक्षता ६ र ६ महिनामा पालैसँग गर्ने समझदारी भएको छ ।
त्यस्तै मोर्चाको आचारसंहिता, कार्यविधी र निती तथा कार्यक्रमहरु तयार गर्न ४ जनाको कार्यदल बनाएको छ । जसमा एकीकृत समाजवादीको तर्फबाट क. प्रवेश हमाल, नेकपा माओवादी केन्द्रको तर्फबाट क. देव गुरुङ, जनता समाजवादी दल (जसपा)बाट क. राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीबाट क. खड्कबहादुर बिश्वकर्मा रहेका छन् ।
साथै मोर्चाले ७ वटै प्रदेशमा मोर्चाको घोषणासभा गर्ने पनि निर्णय गरेको छ । यद्धपी सभाको मिती भने आगामी बैठकले तोक्ने पाण्डेले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar