काठमाडौं– घरभित्र च्यापिएर डोटीमा एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ज्यान गुमाउनेमा दिपायल सिलगढी नगरपालिका–५ की ३० वर्षीया गंगा मलासी रहेकी छन् ।
आज बिहान करिब ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाँचिएर घर भत्किँदा मलासीको च्यापिएर ज्यान गएको हो ।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब पाँच बजे मलासीलाई मृत अवस्थामा फेला पारेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar