काठमाडौं– पशुमा देखिने लम्पी स्किन रोगको उपचार गर्न सबै पालिकालाई पशु सेवा विभागले आग्रह गरेको छ । सङ्क्रमण फैलिँदै गएको भन्दै विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको हो ।
विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले विज्ञप्ति निकालेर लम्पी स्किन रोग फैलिने गएकोले उपचारमा ध्यान दिन पालिकासँग आग्रह गरेकी हुन् । विभागले महामारी नियन्त्रण गर्नका लागि रोग फैलिएका पालिकाहरुमा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र पालिका तहमा सम्पर्क व्यक्ति तोकेको काफ्लेले जानकारी दिइन् । विभागले लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । गएको चैतदेखि फैलिएको लम्पी स्किन सङ्क्रमणबाट २५ हजारभन्दा धेरै पशु मरेका विभागले जनाएको छ ।
देशभर सङ्क्रमित झण्डै सात लाख नौ हजार पशुमध्ये चार लाख ५३ हजार पशु निको भइसकेका छन् । अहिले पनि दुई लाख २९ हजार पशु सक्रिय सङ्क्रमित रहेका विभागले जनाएको छ ।
कोशी प्रदेशबाट फैलिएको रोग मनाङबाहेक सबै जिल्लामा फैलिसकेको छ । सङ्क्रमणको दर क्रमशः घट्दै गएको विभागले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar