काठमाडौं– मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, त्यहि ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटार का २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका–३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
घाइते भएकाहरुमा चितवनको राप्ति नगरपालिका–३ का बिबेक तामाङ, मकवानपुर मनहरी गाउँपालिका –३ का अर्जुनकुमार प्रजालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
उनकाअनुसार राति २ बजे मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा ना ६ ख ६६६७ नम्बरको ट्रक र ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar