काठमाडौं– मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको ईटहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालका अनुसार लेखा अधिकृत ढकालले घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले दुई लाख रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको जनाए । उनीमाथि थप अनुसन्धान भइरहेको दाहालको भनाइ छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar