काठमाडौं – वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा अहिले सुरुङ बन्द गरिएको छ ।
नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं उपत्यकामा ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
आयोजनाले काठमाडौं उपत्यकामा पानी यस वर्ष वर्षाभरि नै बन्द नगर्ने गरी योजना बनाएको थियो । अहिले लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको आयोजनाले जनाएको छ । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको पन्तले बताए ।
मेलम्चीको पानी यसअघिका वर्षमा पनि हिउँदमा काठमाडौं ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ साल असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar