काठमाडौं – राजधानी काठमाडौंको आलोकनगरस्थित् एक कार्यालयमा पिउनका लागी ल्याईएको अक्वा ७७ नामको प्रशोधित् जारको पानीमा कालो लेदो सहितको अखाद्य पदार्थ भेटिएको छ ।
बिहिवार कार्यालय नजिकैको एक किराना पसलबाट खरिद गरिएको अक्वा ७७ नामको पानीको जारमा कालो लेदो सहितको अखाद्य पदार्थ भेटिएको हो । अक्वाटिक ईण्डष्ट्रिज मुलपानी १ काठमाडौंद्धारा उत्पादन गरिएको अक्वा ७७ नामको पानीको जारमा कालो लेदो सहितको अखाद्य पदार्थ भेटिएपछी अहिले राजधानीका उक्त पानीका उपभोक्ताहरु त्रसित भएका छन् ।
त्यस्तै उक्त कम्पनीले पुरानो जारमा रहेको अर्को कम्पनीको लेवल ट्यागसमेत नहटाई सोही ट्यागमाथीनै आफ्नो ट्याग टाँसी बजारमा पानी पठाएको समेत भेटिएको छ । अक्वा विनायक कम्पनीको स्टिकर नै नहटाई अक्वा ७७ को स्टिकर टाँसेको छ । अक्वा ७७ नामको पानीको जारमा कालो लेदो सहितको अखाद्य पदार्थ भेटिएको र लेवलको दुरुपयोग गर्दै अक्वाटिक ईण्डष्ट्रिजले बदमासी गरेको भन्दै उपभोक्ताहरुले अहिले उक्त पानीको नमुनासहित खाद्य व्यवस्था तथा गुणस्तर विभागमा उजुरी गरिएको छ ।
उता उजुरी परेसंगै विभागले अनुगमन गरी कारवाही गर्ने विभागकी महा निर्देशक डा.मतिना जोशी वैद्यले बताईन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar