• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

१३ घण्टा अघि
२

क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

१६ घण्टा अघि
३

रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

१८ घण्टा अघि
४

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

१९ घण्टा अघि
५

युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

२० घण्टा अघि
६

इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

२० घण्टा अघि
७

‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर

२१ घण्टा अघि
८

सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन

२१ घण्टा अघि
९

भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति

२१ घण्टा अघि
१०

इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

१ दिन अघि
११

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

१ दिन अघि
१२

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ४ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ४ हफ्ता अघि
  • राजस्व असुलीमा जिम्मेवार भएर लाग्न अर्थमन्त्रीको निर्देशन

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • २०५ पाठक संख्या
  • Prakashsaran-Mahat-1

    काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् ।

    बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’

    ‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा. महतले निर्देशनको क्रममा भने, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’

    डा. महतले भने,‘व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम गर्ने साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’ ‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सबै आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ । अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ’ मन्त्री डा. महतले भने, ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं ।’‘राजस्वको दायरा बढाउँछौं भनेर मात्र बढ्दैन, अर्थतन्त्रले गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ । बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ ।’ मन्त्री डा. महतले भने, ‘भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा हामीले गम्भीर ध्यान दिनुपरेको छ ।’

    ‘सधैं हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ । यो सुरु भइसकेको पनि छ । आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ’ उनले भने,‘त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।’

    आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री डा. महतले बताए । ‘पहिलो हो, अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुन्छ । अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरु आइरहेका छैनन् । उनीहरुलाई करको दायराभित्र ल्याएर कर संकलन बृद्धि गर्नुपर्ने उनले बताए ।

    मन्त्री डा. महतले भने, ‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौं । नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो । पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो । यसले पनि समस्या ल्याउँदै गयो । कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन । राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो । करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौं ।’

    ‘भ्याटलाई हामी गम्भीरतापूर्वक लिनुपर्छ । सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर बिषय हो । सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन मिल्दैन । व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा विना शर्त दाखिला गर्नुपर्छ । यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ । विभिन्न खाले दुरुपयोग रोक्नुपर्छ, बेरुजु तदरुकताका साथ उठाउनुपर्छ’ महतले भने ।

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

  • क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

  • रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

  • अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री


  • समाचार
  • १

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
    १३ घण्टा अघि

  • २

    क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो
    १६ घण्टा अघि

  • ३

    रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति
    १८ घण्टा अघि

  • ४

    अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री
    १९ घण्टा अघि

  • ५

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’
    २० घण्टा अघि

  • ६

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा
    २० घण्टा अघि

  • ७

    ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर
    २१ घण्टा अघि

  • ८

    सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन
    २१ घण्टा अघि

  • ९

    भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति
    २१ घण्टा अघि

  • १०

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

    subhayug
    २

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

    subhayug
    ३

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    ४

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution