२०८१ बैशाख २०, बिहिबार
काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो ३ बजे बस्ने उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित गर्ने संसदीय सचिवालयको कार्यसूचीमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar