काठमाडौं – नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ ।
हिजो बेलुका बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीमा रहेको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।
तामाङ घरको कोठाभित्र मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी पछिल्लो समय चलचित्र अभिनयमासमेत व्यस्त थिए ।
‘जय पशुराम’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’लगायत चलचित्रमा उनले अभिनय गरेका छन् । उनको चिसो चिसो हावामा, केटाकेटीलगायत गीत चर्चित छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar