काठमाडौं – चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार असारदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको केरा आयात भएको हो । यस अवधिमा नेपालमा ६ करोड २१ लाख ६३ हजार किलोग्राम केरा आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई १९ करोड १२ लाख रुपैयाँ राजश्व बुझाएका छन् ।
नेपाल भित्रिने केरा अधिकांश भारतबाट आउने गरेको छ । यस्तै, इण्डानेसियाबाट समेत नेपालमा केरा आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ । भारतबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा भित्रिएको छ । यस्तै, इण्डानेसियाबाट भने ४० हजार रुपैयाँको केरा भित्रिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar