काठमाडौं– एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ । नरेन भट्टको शतकमा नेपालले मलेसियालाई बलियो लक्ष्य दिएको हो ।
भट्टले ८९ बलमा १ सय १२ रन बनाए । उनी यो प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी पनि हुन् । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।
नेपालका निरजकुमार यादवले ४७ रन जोडे । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै र मलेसिया हङकङलाई ७८ रनले हराउँदै फाइनल पुगेका हुन् । आज मलेसियालाई हराउन सकेमा नेपालले लगातार तेस्रो पटक उपाधि जित्नेछ ।
यसअघि नेपालले सन् २०१७ र २०१९ मा उपाधि जितेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar