काठमाडौं– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले खतराको जल सतह पार गरेपछि नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन भनिएको छ ।
सोमबार रातीदेखि पाल्पा, रुपन्देहीलगायत जिल्लामा निरन्तर वर्षा भएकाले नदीमा जलसतह उच्च भएपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।
आज बिहान ४ बजे नदीमा जल सतह खतराको विन्दुभन्दा माथि पुगेको थियो । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ ।
सो नदीमा ५ दशमलव ६ मिटर जल सतहलाई खतराको विन्दु मानिएको छ । पानी पर्ने क्रम जारी रहेकाले दिउँसोसम्म सतर्क रहन भनिएको हो । जिल्लास्थित तीन वटै सुरक्षा निकायलाई पनि तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar