काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ ।
नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले पनि परीक्षाको नतिजा असार तेस्रो हप्ताभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।
एसईई गएको चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए ।
कक्षा ९ देखि प्राविधिक धारसमेत पढाउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसईईमा सहभागी भएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar