२०८१ बैशाख २२, शनिबार
काठमाडौं– अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ’अदृश्य’ले फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ ।
प्रल्हाद काफ्लेको निर्देशनमा निर्माण भएको फिल्म आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने छ ।
पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्मातामा मिना बस्नेत रहेकी छन् । फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी रुपेश दाहाल छन् ।
यसैगरी सलिन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय फिल्ममा छ ।
आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाईँ र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत,शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar