काठमाडौं– कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुर अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अदालतको कामकाज प्रभावित भएको छ ।
गएको असार १३ गते ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेका थिए । हातपात गर्ने अधिवक्ता लामिछानेविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ । अधिवक्ता लामिछानेलाई हिजो आइतवार पक्राउ गरेकोमा साधारण तारेखमा छाडिएको छ ।
लामिछानेको पक्राउ र मुद्दा चलाउने प्रक्रियाका विरुद्ध नेपाल बार एसोसिएशनको आह्वानमा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
नासु प्रेमिकाले आदेश हेर्न घुस मागेको भन्दै कानुन व्यवसायीहरूले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगरि आन्दोलन गरिरहेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar