काठमाडौं– ललितपुरको इमाडोलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत शुक्रबार ललितपुर महागनर–४ इमाडोलबाट एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर घर भई इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भन्ने पासाङ बमजन छन् । उनीबाट प्रहरीले ५ सय रुपैयाँका एक सय ६० थान नक्कली नोट बरामद गरेको हो । विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar