काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ ।
अध्यक्ष माधवकुमार नेपाल राजनितीक भ्रमणका लागी आज श्रीलंका प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको बताईएको छ ।
अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको सन्दर्भमा आयोजित् कार्यक्रम र दक्षिण एसियाली कम्युनिष्ट तथा बामपन्थी पार्टीहरुको बैठक र कन्फ्रेन्समा सहभागी हुन श्रीलंका गएका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar