काठमाडौं– नेपाल एसिसी मेन्स यू–१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । अब नेपालले उपाधिका लागि भोलि आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
मलेसियाले आजै भएको खेलमा हङकङलाई ७८ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । आज बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो ।
नेपालका लागि ओपनरद्वय सूर्यान्सु कोइरालाले ४३ रन र निरजकुमार यादवले ४२ रन बनाए। सन्तोष यादवले १८ रन र कप्तान अभिषेक तिवारीले २५ रनको योगदान गरे। बलिङमा सिंगापुरका हरिहरनले ३ विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ९७ रनमै अलआउट भयो। सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए ।
बलिङमा नेपालका कृतिक कामदले ३ विकेट लिए। उनले २.३ ओभरमा १ मेडन राख्दा ९ रन खर्चिए। अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेश भट्टले १–१ विकेट लिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar