काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा वेस्ट इन्डिज १ सय ८१ रनमा अलआउट भएको छ ।
हरारेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४३ ओभर ५ बलमा १ सय ८१ रन बनाउँदा अलआउट भयो ।
उसका लागि ज्यासन होल्डरले सर्वाधिक ४५ रन बनाए । स्कटल्यान्डका ब्रान्डन म्याक मलेनले ३ तथा क्रिस ग्रिभ्स,मार्क वाट र क्रिस सोलले २÷२ विकेट लिए ।
वेस्टइन्डिज दुई पटकको एकदिवसीय तथा टी–२० विश्व कप च्याम्पियन हो । तर वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नपुग्ने उच्च सम्भावना छ ।
सुपर सिक्समा वेष्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका उत्कृष्ट दुई टोली विश्व कपको लागि छनोट हुनेछन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar