काठमाडौं– वैदेशिक रोजगारीमा युरोपेली देश माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा ३ का ३८ वर्षीय युवराज लिम्बूलाई पक्राउ गरेको हो ।
माल्टामा महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुन्छ र त्यहाँ जान १२ लाख रुपैयाँ लाग्छ भन्दै पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिएर लिम्बू सम्पर्कविहीन भएका थिए ।
उनलाई हिजो काठमाडौंको कालोपुलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar