काठमाडौं– समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ भएको छ । यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ ।
चालु आर्थिक वर्षमा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा असार १३ गतेसम्ममा १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।
गत वर्षको असार १० गते १७ प्रतिशत भु–भागमा रोपाइँ सकिएको थियो । मनसुन सक्रिय भइ नसकेकाले कतिपय ठाउँमा रोपाइँ सुरु हुन नसकेको विभागको भनाइ छ । यस वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २३ प्रतिशत रोपाइँ भएको छ ।
यस्तै, कोशी प्रदेशमा १७ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.०९ प्रतिशत रोपाइँ भएको छ । यसैगरी गण्डकी प्रदेशमा ६.८९ प्रतिशत, बागमती प्रदेशमा ५ र मधेशमा ३ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar