२०८१ बैशाख २३, आईतबार
काठमाडौं– अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले बताएका छन् ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उनले प्रविधि र बिउ किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् । उनले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताए ।
उनले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको समेत बताए । मन्त्री भुसालले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने दाबी गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar