काठमाडौं– आगामी तीन दिन रुपन्देही, कपिलवस्तु र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सूचना निकालेर रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भइ बहने केही साना नदीमा पानीको सतह बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, आज देशका अन्य १७ जिल्लाका नदी तथा खोलामा पनि बाढीको सम्भावना छ ।
इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ र आसपासका भइ बहने नदीमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar