पाँचथर – मेची राजमार्ग हेवाखोला डाइभर्सनमा गएराति बाढी आउदा यातायात पुन अबरुद्ध भएको छ ।
उक्त हेवाखोलामा बुधबार अबेरसम्म डाइभर्सन निर्माण पछि यातायात सञ्चालन भएको थियो । गएराति परेको पानीको वहाव बढेसँगै यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
पुल बगाएको १० दिन पछि मंगलबारबाट यातायात सञ्चालन भएकाे थियाे । मंगलबार राति हेवा खोलामा बाढी आउदा डाइभर्सन बगाएर यातायात अबरुद्ध भएको थियो । सडक डिभिजन, सुरक्षा निकाय र स्थानीयको सक्रियतामा बुधबार साँझ पुनःडाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरीएकाे थियाे ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar