काठमाडौं – निरञ्जन कसजू (माइला) को निर्देशन गरेको चलचित्र ‘ए ढाक्रे दाई’ दर्शकमाझ आउने भएको छ ।
करिब ६० वर्षअघिको ढाक्रे जीवन शैलीलाई पर्दामा उतारिएको चलचित्र आगामी साउन ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।
कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक विषयमा चलचित्र निर्माण गरेको सुनाए । उनले भने, ‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउथे र जडिबुटी, घिउ, भटमासहरु त्यहाँ बेचेर नून, तेल, लत्ता कपडालगायतका अत्यावश्यक सामग्रीहरु किनेर लान्थे ।’
निर्देशक कसजूले हाम्रा अग्रजहरुले खेपेको सोही दुःख, कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजा लगायतका कलाकारको अभिनय छ ।सुरेश सेन्चुरीको संगीत रहेको चलचित्रको छायांकन सुमन थापा र बिनोद चौधरीले गरेका छन् ।
चलचित्रमा विजय पोखरेल र विनोद चौधरीको स्म्पादन छ । ‘ए ढाक्रे दाई’ को वितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar