काठमाडौं– मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनार रहेकी छन् ।
वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलले उनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar