पाँचथर– विषाक्त च्याउ खाँदा पाँचथरमा नौजना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन् ।
कुम्मायक गाउँपालिका–१ मा मंगलबार विषाक्त च्याउ खाँदा चारजना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विषाक्त च्याउ खाई बिरामी परेका हुन् ।
उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विषाक्त च्याउ खाँदा एउटै घरका पाँचजना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar