काठमाडौं– सरकारले आज प्रतिनिधिसाबाट आगामि आर्थिक वर्षको बजेट पारित गराउने भएको छ । बिहान ११ बजे सङ्घीय संसद भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक पेश गर्नुभएको बजेट बुधबार पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
सत्तारुढ दलहरुबाटे बजेट संसोधन गर्न र राष्ट्रिय श्रोतको न्यायोचित वितरण गर्न आवाज उठे पनि बजेटमा अहिलेसम्म कुनै संशोधन गरिएको छैन । मंगलबार साँझ कांग्रेस, माओवादी, नेकपा एस र जसपाका नेताहरुबीच बालुवाटारमा भएको छलफलमा असन्तुष्टी सम्बोधन गर्ने सहमति भएको बुझिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar