काठमाडौं– आमाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा छोरालाई पक्राउ गरेको छ ।
रुपन्देही प्रहरीका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार मुशहरलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनहवाबाट पक्राउ गरेको हो ।
शिवकुमारले पारिवारिक विवादको क्रममा ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियारले प्रहार गरेका थिए ।
घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । आमाको हत्यापछि फरार भएका शिवकुमार रुपन्देहीको गैडहवामा आएर लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar