काठमाडौं– फिल्म ‘परस्त्री’ को हिन्दी संस्करण नेपालमा रिलिज नहुने भएको छ । निर्देशक सुरज पाण्डेले हिन्दी संस्करण भारतमा मात्र प्रदर्शन हुने जानकारी दिए ।
नेपाली र हिन्दी गरेर दुई भाषामा निर्माण भएको फिल्म केही अगाडि भारतमा हिन्दी र नेपालमा हिन्दी, नेपाली दुबै रिलिज हुने बताइएको थियो । अहिले आएर निर्माण युनिटले नेपालमा हिन्दी रिलिज नहुने जानकारी दिएको हो ।
फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।
फिल्मको भारत प्रदर्शन तथा प्रिमियरका लागि निर्देशक पाण्डेसहित कलाकारको टिम केही दिनदेखि मुम्बईमा छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar