काठमाडौं– खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छन् ।
जुम्ला प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
हावाहुरीले विद्युत तारा खेतमा परेको थियो । पानीमै परेको हुनाले खेत गोडिरहेको अवस्थामा करेन्ट लाग्न गएको हो ।
यस्तै करेन्ट लागेर नै सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् । उनीहरूको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar