काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई बजेट विवरण प्रविष्ट गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरी आर्थिक वर्ष २०८०÷८१ को बजेट सभामा पेस भएको विवरण अनिवार्य रुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न अनुरोध गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार पालिकाले आउँदो आर्थिक वर्षको राजस्व र व्यय कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । सभामा पेस भएको बजेटलाई मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न मन्त्रालयले अनुरोध गरेको हो ।
पालिकाले असार १० गतेभित्र आ–आफ्नो सभामा आउँदो वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही पालिकाले तोकिएको मितिमा सभामा बजेट पेस गर्न सकेका छैनन् ।
कुल ७ सय ५३ पालिकामध्ये आज बिहान ७ बजेसम्मको विवरण अनुसार मन्त्रालयको पोर्टलमा २ सय ३५ वटाले मात्र प्रविष्ट गरेका छन् । ६ वटा महानगरसहित धेरै जसो नगरपालिका र गाउँपालिकाले तोकिएको मिति असार १० भित्रै बजेट ल्याएका छन् । उनीहरुले ल्याएको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ । तर बजेट ल्याएर पनि कतिपय पालिकाले मन्त्रालयको पोर्टलमा प्रविष्ट गरेका छैनन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar