२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक वृद्ध मृत फेला परेका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन् ।
आइतबार बिहान हसिँया, कचिया बेच्न भनि घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा चिशङ्खुगढी–८ को डढुवा भिरमुनि मृत भेटेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar