काठमाडौं– १६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ’ए’ डिभिजन लिग क्लबसँगको छलफलपछि लिगको नयाँ मिति तय गरेको हो ।
यसअघि लिग असार २३ गतेदेखि सुरु हुने बताइएको थियो । क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नुपर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ ।
लिगको खेल तालिका असार २५ मा सार्वजनिक हुनेछ । लिगका खेलहरु शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन खेलाइने छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar