२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– गाउँसभामा विवाद हुँदा धादिङको रुवी भ्याली गाउँपालिकामा झडप भएके छ । आज गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३औं गाउँसभाको अधिवेशनको क्रममा विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी स्थानीयले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्ति नियुक्त गरेको भन्दै विरोध गरेको थियो । त्यस क्रममा उनीहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गरेका थिए । त्यसपछि भएको झडपका क्रममा केही जनप्रतिनिधि पनि सामान्य घाइते भएका छन् ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङ पनि सामान्य घाइते भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि गाउँसभा पुनः सुरु भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar