काठमाडौं– काठमाडौं महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट ल्याएको छ । आज महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको बैठकमा आउँदो आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार (३३ दशमलव ७२ प्रतिशत) र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ (६६ दशमलव २८ प्रतिशत) विनियोजन गरिएको छ ।
महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी ’धुलोरहित काठमाण्डौ’ योजनालाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । यस योजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको उपमेयर डंगोलले जानकारी दिइन् ।
यस्तै सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा सञ्चालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar