काठमाडौं – सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्ध अदालतको अवहेलनाको निवेदन परेको छ ।
आज सर्वोच्चमा मेयर शाहविरूद्ध अवहेलनाको निवेदन परेको हो । अधिवक्ता वर्षाकुमार झाले मेयर शाहविरूद्ध निवेदन दिएकी हुन् । उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ ।
मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए । उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गरेका थिए ।
हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar