काठमाडौं– किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्न लागेको हो ।
नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । नेपालले अघिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो ।
नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार बेहोरेको थियो भने तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।
यस्तै शुक्रवार किर्गिस्तानको बी टोलीसँग पराजित हुँदै नेपालले पाँचौँ हार बेहोरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar