काठमाडौं– सरकारले रोजगारी खोसेको भन्दै भन्सार एजेन्टहरूले आन्दोलनको घोषणा गरेका छन् ।
विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व संकलनको काम गर्दै आएका एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।
भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले एक विज्ञप्ति जारी गर्दै राज्यले आफूहरूको उचित व्यवस्थापन गर्नु पर्नेमा भन्सार प्रतिनिधिले काम गर्ने व्यवस्था नै खारेज गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
सरकारको निर्णयले देशभर कार्यरत तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार भएको संघको भनाई छ । भन्सार प्रतिनिधिहरूले पटक÷पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण बुझाउँदा पनि सुनुवाइ नभएकोले आन्दोलनमा जानु परेको बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar