काठमाडौं– पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गल्छि गाउँपालिका–७ गल्छिमोडमा भारतिय बस दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।
काठमाडौंबाट भारतको राजस्थानतर्फ जादै गरेको ए आर ०६ इ ७०३१ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना हुदा राजस्थान निवासी १२ वर्षीय कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
डिएसपी जैसवारका अनुसार बसमा ३० जना सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका १९ जनाको अवस्था सामान्य छन् । घाइतेहरुको गल्छिस्थित स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको उनले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar