काठमाडौं– ओखलढुंगाको चम्पादेवीमा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएका १० वर्षका बालकको पनि शव भेटिएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति पहिरो जाँदा रणबहादुर गुरूङको घर पहिरोले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए ।
बिहान बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविताको शव भेटिएको थियो । बेपत्ता छोरा दिनेशको पनि अहिले शव फेला परेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए ।
राति करिब ११ बजेको समयमा घनाबस्ती रहेको गाउँको सिरानबाट पहिरो चलेको थियो । पहिराले अरू घरमा पनि क्षति पु¥याएकाले उद्धार र राहतको खाँचो रहेको उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar