काठमाडौं – चर्चित बैंकर अनिलकेशरी शाह राजनीतिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
बैंकर शाह बिहीबार (आज) पार्टीको स्थापना दिवसको सन्दर्भमा आज बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर सो पार्टीमा प्रवेश गरेको बताइएको छ ।
रास्वपामा प्रवेश गरेका शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत पाएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विधानको ‘केन्द्रीय समितिका सदस्य मात्र विभागीय प्रमुख हुने’ व्यवस्था निलम्बन गर्दै शाहलाई प्रशिक्षण विभाग प्रमुख दिएको हो,’ उनले भने, ‘हाम्रो केन्द्रीय समिति बैठकको निर्णयअनुसार शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।’
यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए । उनले जिम्मेवारी छोड्न तयार भएपछि शाहलाई विभागको जिम्मेवारी तोकिएको बताइएको छ ।
चर्चित बैंकर शाह पछिल्लो पटक नविल बैंकको सीईओको भूमिकामा थिए । त्यहाँबाट बिदा भएपछि उनी मोटिभेस्नल स्पिकरका रुपमा सक्रिय थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar