२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– बागलुङको काठखोलामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
गलकोटबाट सदरमुकाम जाँदै गरेको जीप मध्यपहाडी लोकमार्गमा अन्तर्गत पर्ने काठेखोला– ५ ठूलढुंगामा दुर्घटना भएको हो । जीप सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुर्घटनामा कुश्मीशेरा नगरपालिका–१ का २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका–१० राङखानी घर भइ बागलुङ नगरपालिका–२ श्रीनगर बस्ने दुर्गा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar