२०८१ जेष्ठ ४, शुक्रबार
बझाङ – बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिए ।
उनलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएकाे थियाे । दुर्घटनामा मन्त्री सिंह, उनकि श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाकाे ज्यान गएकाे छ ।
दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar