काठमाडौं– आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ ।
नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए ।
बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३, दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए ।
अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिकाले २ सय ७ रन बनाउन सफल भयो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar