काठमाडौं– नागरिकता ऐन सम्बन्धि मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज कुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने हुँदै स्थगित भएको छ ।
यसअघि न्यायाधीश शर्माको इजलासले नै नागरिकता ऐन सम्बन्धि रिट निवेदनमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेकोले सो आदेशमा निरन्तरता दिनेकी नदिने भन्ने विषयमा सुनुवाई गर्न नमिल्ने भएपछि आज पनि उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।
यसअघि जेठ २१ गते सर्वोच्चका न्यायाधीश शर्माको इजलासले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar