सिरहा– सिरहाको लहान नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
धनगढीमाई नगरपालिका–५ का ४० वर्षीय शिवनारायण कामैतको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
लहान नगरपालिका–२२ धुनमुनीमा घरको छत ढलान गर्ने क्रममा भाइब्रेटर मेसिन चलाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar